रामघाट ह्वाइटलाई ओपन फुटसलको उपाधि

पाेखरा | असार ३०, २०८२

रामघाट ह्वाइटलाई ओपन फुटसलको उपाधि

पोखरा:  पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ । 


बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फाइनल खेलमा रामघाट ह्वाइटले ड्याडिज किचेनलाई २–१ ले गोल पराजित गर्दै उपाधि जितेको हो । 


उपाधि जितेको रामघाट ह्वाइटले १ लाख ७० हजार र उपविजेता भएको ड्याडिज किचेनले १ लाख रुपैयाँसहित ट्रफी मेडलर प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २६ समूहले सहभागिता जनाएको थिए । 


प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च भएको बक्स पोखराका अध्यक्ष प्रदिप गुरुङले बताए । अध्यक्ष गुरुङले खेलकदु मात्र नभएर सामाजिक सेवाको उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताए । 


बक्स पोखराले आगामी दिनमा पनि यस्ता सामाजिक उद्देश्यका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

 
 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्